काठमाडौं– नेपाली धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार हालसम्मकै सबैभन्दा धेरै रकमको कारोबार भएको छ । यस दिन नेप्सेमा २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँबरारको धितोपत्र किनबेच भएको छ ।

२ लाख ३८ करोड २७२ पटकको कारोबारमा ३३२ धितोपत्रको ५ करोड ९ लाख ६७ हजार कित्ता बिनचेच हुँदा कारोबार रकममा कीर्तिमान बनेको हो । बुधबारको कारोबार रकम हालसम्मकै उच्च हो । यसअघि २०७८ साउन ३१ गते नेप्सेमा २१ अर्ब ६४ करोडको धितोपत्र किनबेच भएको थियो ।

बुधबार नेपाली धितोपत्र बजारको सूचक नेप्से ६४.२५ अंकले बढेर २७६०.९० बिन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स १०.६६ र फ्लोट इन्डेक्स ४.२५ अंक बढेको छ । फ्लोट इन्डेक्स ३.३३ अंक बढेको छ ।

बुधबार १० वटा धितोपत्र सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ । यस दिन युनाइटेड अजोड इन्स्योरेन्स, गोर्खाज फाइनान्स, श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर, मकर जितुमाया सुरी हाइड्रोपावर, नेपाल रिपब्लिक मिडिया, कुथेली बुखारी स्मल हाइड्रोपावर, नेपाल वेयरहाउजिङ कम्पनी र प्रोग्रेसिभ फाइनान्सको सेयर सकारात्मक सर्किट लेवलमा किनबेच भएको छ । अन्य ११ कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । यस दिन आत्मनिर्भर लघुवित्तको सेयरमूल्य सर्वाधिक ६.५२ प्रतिशतले घटेको छ ।

सबैभन्दा धेरै रकमको कारोबार हुनेमा हिमालयन रि इन्स्योरेन्स कम्पनी परेको छ । सो कम्पनीको ८४ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबार १३ वटै उपसमूहको सूचक बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय