घोराही (दाङ)– यहाँस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दसैं बिदामा पनि बहिरंग (ओपीडी) सेवा सञ्चालन गर्ने भएको छ ।

प्रतिष्ठानका रजिस्ट्रार प्रा श्याम लम्सालले बिरामीको सेवालाई ध्यान दिँदै दसैँ बिदामा पनि ओपिडी सेवा सञ्चालन गरिने जानकारी दिए ।

एमडीजीपी डा. धिरज जैसवालमार्फत विशेषज्ञ सेवा दिन लागिएको उनले बताए । बडादसैंको बिदाका दिनहरूमा समेत प्रतिष्ठानको विशेषज्ञ चिकित्सकद्वारा सञ्चालन गरिनेछ । यो सेवा असोजको २४ गत बिहीबारदेखि २८ गते सोमबारसम्म सञ्चालन गरिने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय