काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकको उकालो यात्रा जारी छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक आज ३७.१३ अंकले उकालो लागेर २६९०.७२ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.३२ अंकले उकालो लागेर ४८३.७८ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको सेयर मूल्यमा गिरावट हुँदा ११ उपसमूहको सेयर मूल्य भने उकालो लागेको छ ।

कुल १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता सेयर ७ अर्ब ९ करोड ५९ लाख ५३ हजार २७ रुपैयाँमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार, थ्री स्टार हाइड्रोपावर ९.९३, डोल्ती पावर कम्पनी ९.६८, एनआइसी एसिया फ्लेक्सी क्षप फन्ड ८.८०, जोशी हाइड्रोपावर ८.४२ र पिपल्स हाइड्रोपावरका लगानीकर्ताले ७.५९ कमाएका छन् ।

यस्तै, इस्टर्न हाइड्रोपावरको सेयरमा आज नकारात्मक सर्किट लागेको छ । साथै कुमारी सबल योजना ७.४० प्रतिशत, विन नेपाल लघुवित्त ६.१४ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्त ४.०७ प्रतिशत र पोखरा फाइनान्सका लगानीकर्ताले तीन दशमलव ७६ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय