कास्की– अधिकतम खुद्रा मूल्य २० रुपैयाँ तोकिएको पानीको बोतल १०० रुपैयाँमा बेचेपछि जिल्ला प्रशासन कार्यालयले पोखरा–६, बैदामस्थित द वर्ल्ड लान हुआ रेस्टुरेन्ट एन्ड बारलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ ।

पानी प्रशोधक कम्पनीले तोकेको अधिकतम मूल्यभन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐनबमोजिम उक्त रेस्टुरेन्टलाई कारबाही गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए । सोही स्थानका एक ग्राहकले २० रुपैयाँ पर्ने एक बोतल पानीलाई सय रुपैयाँ तिरेको बिलसहित प्रशासनमा सिकायत गरेका थिए ।

स्थानीय प्रशासनले सो रेस्टुरेन्टलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड ८ बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उफदफा १ को खण्ड (ख) बमोजिम जरिवाना गरिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय