काठमाडौं– नेपाल लिकर्स प्रालिले मदिराको नयाँ ब्रान्ड मिस्टर डोवल्स नम्बर वान लक्जरी बजारमा ल्याएको छ । स्मुदेस्ट नम्बर वन लक्जरी ट्यागसहित मिस्टर डोवल्स नम्बर वान लक्जरी यही साताबाट बजारमा आएको कम्पनीले जनाएको छ ।

७५०, ३७५, र १८० मिलिलिटरको बोतलमा यो मदिरा बजारमा उपलब्ध छ । यी बोतलहरु क्रमशः ९२०, ४६० र २३० बजार मूल्यमा उपलब्ध रहेको नेपाल लिकर्स प्रालिले जनाएको छ । कम्पनीका अध्यक्ष राजेशवीरसिंह तुलाधारले नेपाली बजारमा अन्तराष्ट्रिय ब्रान्डको स्वाद नेपाली उपभोक्तालाई सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले यो ब्रान्ड बजारमा ल्याएको बताए ।

विश्व प्रख्यात ब्रान्डका मदिार उत्पादन गर्दै आएको नेपाल लिकर्स प्रालिका उत्पादनहरु एन्टिक्विटी, सिग्नेचर, रोयल च्यालेन्ज, ब्लु रिबन्ड जिन जस्ता ब्रान्ड उपभोक्तामाझ लोकप्रिय छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय