काठमाडौं– गत भदौमा झन्डै साढे ७६ हजार नेपाली रोजगारीका लागि श्रम स्वीकृति लिएर बिदेसिएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार गत भदौमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ७६ हजार ४८५ छ ।

पहिलोपल्ट कामका लागि विदेश जानेले श्रम स्वीकृति लिनुपर्छ । बिदामा वा अन्य काम विशेषले आएर भदौमा फर्किनेको संख्या ४० हजार ५८३ रहेको छ । बिदामा वा काम विशेषले स्वदेश आएर फर्किनेले पुनः श्रम स्वीकृति लिनुपर्छ । अघिल्लो वर्ष भदौमा अन्तिम श्रम स्वीकृति लिने ७४ हजार ४५५ र पुनः श्रम स्वीकृति लिने ३२ हजार ४ जना थिए ।

बिदेसिने नेपालीको संख्या बढिरहँदा उनीहरुले पठाउने पैसाको आकार पनि गत भदौमा पोहोर भदौको तुलनामा १५.२ प्रतिशतले बढेको छ । गत भदौसम्ममा २६३ अर्ब १४ करोड रुपैयाँ रेमिट्यान्स (विप्रेषण) प्राप्त भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १ अर्ब ७३ करोड रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय