काठमाडौं– नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ४ रुपैयाँ प्रतिलिटरका दरले मूल्य बढाएको हो ।

यसपटकको मूल्य समायोजनपछि तेस्रो वर्ग अन्तर्गतका सहरहरु काठमाडौं, पोखरा र दीपायलमा पेट्रोलको मूल्य १५९ रुपैयाँ, दोस्रो वर्ग अन्तर्गतका सुर्खेत र दाङमा १५८ रुपैयाँ र पहिलो वर्ग अन्तर्गतका बाँकी क्षेत्रमा १५६‍‍‍.५० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, डिजेलको मूल्य तेस्रो वर्ग अन्तर्गतका क्षेत्रमा १५१ रुपैयाँ, दोस्रो वर्ग अन्तर्गतका क्षेत्रमा १५० रुपैयाँ र पहिलो वर्ग अन्तर्गतका क्षेत्रमा १४८.५० रुपैयाँ कायम भएको छ ।

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने घटबढ भएको छैन ।

निगमले पेट्रोलियम पदार्थ खरिद गर्ने इन्डियन आयल कर्पोरेसनले आगामी १५ दिनका लागि बढाएर मूल्य पढाएपछि निगमले यता समायोजन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय