
काठमाडौं- सुनको मूल्यमा कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि नयाँ उचाइमा पुगेको हो ।
महासंघका अनसार सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला १ लाख ६२ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबारका लागि १ लाख ६४ हजार ४०० रुपैयाँ तोकिएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला १ हजार ९५० रुपैयाँमा कारोबार भएकोमा आजका लागि १ हजार ९८० रुपैयाँ मूल्य निर्धारण भएको छ ।