काठमाडौं– भारतको नयाँ दिल्लीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भिस्तारा एयरलाइन्सको जहाजमा बस राखेको सूचना आएपछि नेपाली सेनाले सर्च गरिरहेको छ।
उक्त जहाज मंगलबार दिउँसो ४ः२७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो। बम हल्लाको सूचना उक्त सूचना दिल्लीबाटै नागरिक उड्डयन प्राधिकरणलाई प्राप्त भएको स्रोतले जानकारी दिएको छ ।
सूचना पाएपछि नेपाली सेनाको बम डिस्पोजल टोली विमानस्थलमा पुगेर सर्च गरिरहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले जानकारी दिएका छन् ।
‘बम राखेको भन्ने सूचना आएको भनेपछि डिस्पोजल टोलीले खोजिरहेको छ, अहिलेसम्म केही भेटिएको छैन,’ उनले भने।