काठमाडौं– सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ४०० रुपैयाँले वृद्धि भएको हो ।

शुक्रबार प्रतितोला १ लाख ६६ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबारका लागि १ लाख ६७ हजार ४०० रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला २ हजार ७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबारका लागि २ हजार ८५ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय