काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर वृद्धि भएको छ । स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्य सोमबारको तुलनामा मंगलबार १५०० रुपैयाँले बढेको हो ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले ले बढेर २ हजार १०५ रुपैयाँ प्रतितोला कायम भएको महासंघले जनाएको छ । सोमबार एक तोला चाँदी २ हजार ६५ मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य २ हजार ७५३ अमेरिकी डलर छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय