
काठमाडौं– स्ट्यान्डर्ड चार्टर्ड बैंकका सेयरधनीले आकर्षक नगद लाभांश र बोनस सेयर पाउने भएका छन् ।
कात्तिक १३ गते सम्पन्न बैंक सञ्चालक समिति बैठकले सेयरधनीलाई कुल २५.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । यो लाभांशमा करसहित १९ प्रतिशत नगद र ६.५ प्रतिशत बोनस सेयर हुने बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले घोषित लाभांश पाउने छन् । बैंकले गत आर्थिक वर्ष १९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । प्रायः नगद लाभांशमा जोड दिँदै आएको बैंकले यसपटक बोनस सेयर समेत दिने घोषणा गरेको छ ।
बैंकहरुको नाफा सन्तोषजनक हुन नसकेको बेला स्ट्यान्डर्ड चार्टर्डले सेयरधनीका लागि आकर्षक लाभांश घोषणा गरेको हो ।