काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार २०० रुपैयाँ तोकेको छ ।
यसअघि कात्तिक १५ गते छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार तोकिएको थियो ।
यस्तै चाँदीको मूल्य प्रतितोला २१ रुपैयाँले घटेको छ । महासंघले मंगलबारका लागि एक तोला चाँदीको मूल्य २ हजार ३० तोकेको छ । यसअघि चाँदी प्रतितोला २ हजार ९० रुपैयाँमा कारोबार भएको थियो ।