
काठमाडौं– गण्डकी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)लाई सर्वोच्च अदालतले पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्ने उच्च अदालत पाटनको फैसला सदर गरेको छ ।
सर्वोच्चका न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले तत्कालीन पुनरावेदन अदालत पाटनले गरेको फैसला सदर गरेको हो।
तत्कालीन पुनरावेदन अदालतले मनाङेलाई २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । २०६१ सालमा चक्रे मिलनका नामले चिनिने मिलन गुरुङमाथि आक्रमण गरेको आरोपमा मनाङेसहित उनको समूहका युवाहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो ।