
काठमाडौं– टीभीएसको बाइक खरिद गर्दा जनकपुरका उतीमलाल साहले नगद १० लाख ५ हजार रुपैयाँ जितेका छन् । हिन्दु धर्म मान्ने नेपालीको प्रमुख पर्व दशैं, तिहार र छठका अवसरमा टीभीएसद्वारा आयोजित ‘टीभीएससँग नयाँ युगको आरम्भ २०२४’ उपहार योजना अन्तर्गत साहले बाइक खरिद गर्नुअघि ५ हजार र खरिदपश्चात १० लाख जित्न सफल भएको टीभीएस नेपालले जानकारी दिएको छ ।
साहका साथै महा एक्सचेन्ज मेला, भृकुटीमण्डपमा टीभीएसको सवारी साधन खरिद गर्दा टेकराज गुरुङले ५ लाख ५ हजार जितेका छन् । उनले खरिदअघि ५ हजार र खरिदपश्चात ५ लाख रुपैयाँ जितेको बताइएको छ ।
महा एक्सचेन्ज मेला भृकुटीमण्डपमै टीभीएसको सवारी साधन खरिद गरेका प्रकाश अधिकारीले सवारी साधनको खरिदमा ५० प्रतिशत क्यासब्याक र खरिदअघि ५ हजार रुपैयाँ जितेका थिए । त्यसैगरी, बागेश्वरी अटोमोटिभ्स धनगढीमा टीभीएसको सवारी साधन खरिद गरेका सञ्जित चौधरीले २५ प्रतिशत क्यासब्याक र खरिदअघि ५ हजार रुपैयाँ जितेको विज्ञप्तिमा उल्लेख छ ।
उक्त उपहार योजनाअन्तर्गत हालसम्म २ जनाले नगद १ लाख, ४ जनाले नगद ५० हजार, १० जनाले नगद २५ हजार, १५ जनाले नगद १५ हजार र १८ जनाले नगद ५ हजार जितेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।