काठमाडौं– मंगलबार सम्पन्न अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना जारी छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार हालसम्मको नतिजामा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प अगाडि देखिएका छन् । उनले टेक्सस, फ्लोरिडा, केन्टुकी लगायत १८ स्टेटबाट जितेका छन् ।

अर्का प्रतिस्पर्धी डेमोक्र्याट उम्मेदवार कमला ह्यारिसले न्युयोर्क, भर्माउन्ट, न्यु जर्सी र अन्य ६ स्टेटमा जितेकी छिन् ।

ट्रम्पले यो समाचार तयार गर्दासम्म १८८ इलेक्टोरल भोट प्राप्त गरेका छन् । ह्यारिस ९९ मा सीमित छिन् ।

५३८ इलेक्टोरल भोट रहेको अमेरिकामा राष्ट्रपति निर्वाचित हुन २७० इलेक्टोरल मत ल्याउनु पर्छ ।

सन् २०२० को निर्वाचनमा डेमोक्र्याट उम्मेदवार जो बाइडेनले ३०६ इलेक्टोरल भोट ल्याएका थिए । ऊबेला ट्रम्पले २३२ इलेक्टोरल भोट पाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय