काठमाडौं– रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड जे ट्रम्प आगामी चारवर्षे कार्यकालका लागि अमेरिकी राष्ट्रपति निर्वाचित हुने लगभग निश्चित भएको छ ।
बुधबार दिउँसो १ः१० बजे यो समाचार तयार गर्दासम्म ट्रम्पले २६६ इलेक्टोरल भोट प्राप्त गरेका छन् । अमेरिकी राष्ट्रपति निर्वाचित हुने २७० इलेक्टोरल मत आवश्यक पर्छ ।
ट्रम्पले २६६ इलेक्टोरल मत प्राप्त गर्दा डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले १८८ इलेक्टोरल मत मात्र प्राप्त गरेकी छिन् ।
ट्रम्पलाई राष्ट्रपति निर्वाचित हुन अब ४ इलेक्टोरल मत भए पुग्छ ।
ट्रम्प सन् २०१६ देखि २०२० सम्म अमेरिकी राष्ट्रपति थिए । यसअघिको निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले ट्रम्पलाई पराजित गरेका थिए ।