काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले ग्राहकका लागि यती एयरलाइन्सको टिकट खरिदमा निश्चित क्यासब्याक अफर योजना सार्वजनिक भएको छ ।

उक्त क्यासब्याक अफर योजनाअनुसार ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताले यती एयरलाइन्सको हवाई टिकट खरिदमा ५०० रुपैयाँ क्यासब्याक पाउने बैंकको विज्ञप्तिमा उल्लेख छ ।

बैंकका ग्राहक तथा ग्राहक परिवारका सदस्यले ग्लोबल स्मार्ट प्लसबाट यती एयरलाइन्सको टिकट बुक गर्दा/काट्दा फ्लाइयती प्रोमो कोड प्रयोग गरी ५०० रुपैयाँ क्यासब्याक पाउनेछन् । ग्राहकहरुले यो प्रोमो कोड ३ पटकसम्म प्रयोग गर्न सक्ने बताइएको छ । यो क्यासब्याक योजना नोभेम्बर २९ सम्म कायम रहने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय