काठमाडौं– नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा ४ हजार रुपैयाँले घटेको छ ।

बुधबार १ लाख ६८ हजार ५०० रहेको सुनको मूल्य बिहीबार घटेर १ लाख ६४ हजार ५०० कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ५०० रुपैयाँ तोकेको हो ।

एकै दिन सुनको मूल्यमा यति धेरै गिरावट आएको सम्भवतः यो पहिलो घटना हो ।

चाँदीको मूल्य पनि एकै दिन तोलामा ५५ रुपैयाँले घटेको छ । अघिल्लो दिन तोलाको २ हजार १५ रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार १ हजार ९६० रुपैयाँ कायम भएको छ ।

केही महिनादेखि बढ्दै आएको सुनको मूल्य कात्तिक १५ गते नेपाली बजारमा प्रतितोला १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको थियो । कात्तिक १५ गतेको मूल्य हालसम्मकै उच्च हो । त्यसयता सुनको मूल्य घट्दै आएको छ ।

चाँदीको मूल्य भने गत कात्तिक १४ गते प्रतितोला २ हजार १२० रुपैयाँ पुगेर कीर्तिमान बनेको थियो ।

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आउँदा त्यसको असर नेपाली बजारमा परेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय