काठमाडौं– नेपाली बजारमा आइतबार सुन थोरै सस्तिएको छ । शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ हजार ६६ हजार ५०० रुपैयाँ तोकेको थियो ।

महासंघले आइतबारका लागि प्रतितोला १ लाख ६६ हजार रुपैयाँ मूल्य निर्धारण गरेको छ ।

चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला १ हजार ९८० मा कारोबार भएको चाँदीको मूल्य आइतबारका लागि १ हजार ९६० रुपैयाँ निर्धारण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय