काठमाडौं– मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । उनलाई विराटनगरस्थित निवासबाटै पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा पक्राउ गरिएका अधिकारीलाई आजै हवाईजहाजमा काठमाडौं पठाउने तयारी रहेको मोरङ प्रहरीले जनाएको छ ।

अधिकारीले कोशी प्रदेशको आन्तरिक मामिला हुँदा मानव तस्करी गरेको आरोप लागेको छ । मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत नगराई केही दिनअघि जापान पुगेका अधिकारीलाई जापान अध्यागमनले विमानस्थलबाटै फर्काइदिएको थियो । उनको साथमा अरु तीनजना व्यक्ति पनि गएका थिए ।

मानव तस्करीको आरोप लागेपछि अधिकारीले पदबाट राजीनामा दिएका थिए । एमालेले उनलाई पार्टीबाट निलम्बन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय