काठमाडौं– नेपाल विद्युतीय व्यवसायी महासंघले कात्तिक २९ देखि मंसिर २ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीको अन्तराष्ट्रिय स्तरको बृहत् प्रदर्शनी एवं गोष्ठी गर्ने भएको छ ।
ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित ‘फिन इलेक्ट्रो टेक २०२४’ को उद्देश्य आम उपभोक्तालाई नविनतम र गुणस्तरीय सामग्री प्रयोगमा जनचेतना जगाउने रहेको महासंघले जनाएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीलाई एकै स्थानमा जमघट गराई व्यावसाय प्रवद्र्धन गर्नुको साथै यी उद्योगमा भएका नविनतम उपलब्धिबारे सूचना आदान–प्रदान गर्ने तथा उपभोक्ता वर्गमा उर्जाको व्यवस्थित खपतको महŒव जानकारी गराउनु मेलाको लक्ष्य रहेको बताइएको छ ।
मेलामा ४४ वटा ब्लक र २८ स्टल रहेको एक प्याभिलिएन रहेको बताइएको छ । हलबाहिर डोममा २६ वटा स्टल छन् ।
यसपटक फिन इलेक्ट्रो टेक २०२४ मा भारत सरकार, उद्योग तथा वाणिज्य मन्त्रालय, वाणिज्य विभागको सहयोगमा इन्डियन चेम्बर अफ कमर्सले हलभित्रको २८ स्टल रहेको प्याभिलिएन इन्डिया पावर सोको लागि बुकिङ गरेको महासंघले जनाएको छ
फिन इलेक्ट्रो टेक २०२४ मा हलभित्र र हलबाहिर गरी जम्मा ९८ वटा प्याभिलियन तथा स्टल रहने बताइएको छ ।