काठमाडौं– मिलन गुरुङमाथि तरबार प्रहार गरी ज्यान मार्ने उद्योग गरेको कसुरमा सर्वोच्च अदालतबाट समेत दोषी ठहरिएका गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे)लाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको सानोभर्याङबाट उनलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाका अनुसार मनाङेलाई आजै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइनेछ ।

सर्वोच्च अदालतले केही दिनअघि ज्यान मार्ने उद्योगको कसुरमा उनलाई दोषी ठहर गरेको पुनरावेदन अदालत पाटनको फैसला सदर गरेपछि मनाङे न्यायिक प्रक्रियामा अगाडि जाने बाटो टुंगिएको थियो । उनलाई पुनरावेदन अदालत पाटनले ५ वर्ष कैद सजाय सुनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय