
काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य २ हजार ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबारका लागि १ लाख ६२ हजार ६०० रुपैयाँ तोकिएको छ ।
यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य प्रतितोला ३० ले घटेको छ । सोमबार प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबारका लागि १ हजार ९२५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।