काठमाडौं– कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई सात दिन म्याद दिएको छ ।
अधिकारीमाथि अवैध रुपमा नेपाली नागरिकलाई जापान पठाएको गिरोहसँग संलग्नताको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।
कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरिएकामा अदालतले थप अनुसन्धानका लागि हिरासतमा राख्न सात दिन समय दिएको परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन् ।
यसअघि आइतबार दुई दिन म्याद दिइएको थियो । अधिकारीलाई विराटनगरबाट पक्राउ गरी आइतबार काठमाडौं ल्याइएको थियो । उनीसँगै अन्य पाँच जना पनि सोही प्रकरणमा पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
यही कात्तिक १३ गते जापान जाने क्रममा त्यहाँको विमानस्थलबाट अधिकारीसहितका व्यक्तिहरु फिर्ता भएका थिए ।