काठमाडौं– धितोपत्र बजारमा आज सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । आजको कारोबारमा नेप्से परिसूचक १४ दशमलव १२ अंकले घटेर २७३४ दशमलव ८३ मा आएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.०८ अंकले ओरालो लागेर ४८३.६९ मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको सेयर मूल्य उकालो लाग्दा ९ उपसमूहको सेयर मूल्य भने ओरालो लागेको छ ।

आजको कारोबारमा कुल १ करोड ५३ लाख ६२ हजार २०६ कित्ता सेयर ७ अर्ब ९१ करोड १९ लाख ७६ हजार ४४९ मूल्यमा खरिदबिक्री भएको छ । नेप्सेका अनुसार सप्तकोशी डेभलपमेन्ट बैंक र सृजनशील लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । पोखरा फाइनान्स ९.९९, समृद्धि फाइनान्स ९.९९ र मक्कर जितुमाया सुरी हाइड्रोपावरको सेयरमूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ ।

आजको कारोबारमा कुथेली बुखरी हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले घटेको छ । समाज लघुवित्त ४.९३ प्रतिशत, एनएलजी इन्सुरेन्स ४.०४ प्रतिशत र बुटवल पावर कम्पनीको सेयर मूल्य ३.६३ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय