काठमाडौं– नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८०–८१ मा खुला बजार कारोबारका विभिन्न उपकरणमार्पmत ४६ खर्ब ७३ अर्ब ६० करोड रुपैयाँ तरलता प्रशोचन गरेको छ । आइतबार सार्वजनिक राष्ट्र बैंकको गत आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदनअनुसार ८ खर्ब ८ अर्ब ७६ करोड रुपैयाँ तरलता प्रवाह गरिएको छ ।

गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको भारित औसत अन्तरबैंक दर तीन दशमलव ६२ प्रतिशत रहेको छ । राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको संख्या १०७ रहेको छ । यसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त संस्था र एउटा विकास बैंक रहेका छन् । गत असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ११ हजार ५३० पुगेको छ ।

गत आर्थिक वर्षमा वाणिज्य बैंकको कुल सम्पत्ति/दायित्व १२.९ प्रतिशतले वृद्धि भई ७२ खर्ब २७ अर्ब ६० करोड, विकास बैंकको ७.९ प्रतिशतले वृद्धि भई ७ खर्ब १७ अर्ब र वित्त कम्पनीहरूको ११.२ प्रतिशतले वृद्धि भई १ खर्ब ६९ अर्ब ७२ करोड रुपैयाँ कायम भएको छ । त्यसैगरी, लघुवित्त वित्तीय संस्थाको कुल सम्पत्ति/दायित्व १.३ प्रतिशतले घटेर ५ खर्ब ५३ अर्ब ७३ करोड रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय