काठमाडौं– सानिमा बैंक लिमिटेडले मंगलबारका दिन २०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
आर्थिक वर्ष २०८०–८१ मा २.४० अर्ब रुपैयाँ खुद मुनाफा कमाएको सानिमा बैंकको कुल सम्पत्ति २३३.८६ अर्ब, कुल निक्षेप १९९.३८ अर्ब तथा खुद कर्जा सापटी १६४.९४ अर्ब रहेको छ । आर्थिक वर्ष २०७९–८० को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः ११.४८, १०.०६ र ८.४५ प्रतिशतले वृद्धि भएको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
गत असार मसान्तसम्ममा बैंकको निष्क्रिय कर्जा १.७२ प्रतिशत, पुँजीकोष १३.२१ प्रतिशत र तरलता २९.२१ प्रतिशत रहेको विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी कर्जा निक्षेप अनुपात मासिक औसत ८०.५३ प्रतिशत रहेको बताइएको छ ।