काठमाडौं– उद्योग संगठन मोरङको ४८औं साधारणसभा सम्पन्न भएको छ । शनिबार सम्पन्न सभाले सुयश प्याकुरेलको नेतृत्वमा नयाँ कार्यसमिति सदस्य चयन गरेको छ । प्याकुरेल निर्विरोध निर्वाचित भएका हुन् ।
कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष बाहेक सबै पदाधिकारी र सदस्य निर्विरोध निर्वाचित भएको संगठनले जनाएको छ ।
वरिष्ठ उपाध्यक्षमा भने प्रदीप मुरारका र राकेश सुरानाबीच प्रतिस्पर्धा भएको थियो । मुरारका ७७ मत ल्याएर निर्वाचित भएका हुन् । सुरानाले भने ७५ मत पाए ।
संगठनको तीनजना उपाध्यक्षमा राजकुमार गोल्छा, नन्दकिशोर राठी र भोलेश्वर दुलाल निर्विरोध भएका छन् । कोषाध्यक्षमा विपिन काबरा छन् ।
कार्यसमिति सदस्यमा सुरेन्द्र गोल्छा, सुदीप घिमिरे, तारानाथ निरौला, सौरभ शारडा, सुबोध कोइराला, इन्द्र खत्री, पारस लुनियाँ र सुनीलकुमार धनावत निर्विरोध भए ।