काठमाडौं– काठमाडौं जिल्ला अदालतले मेडिकल कलेज व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलास उक्त अनुमति दिएको अदालतले जनाएको छ ।
प्रहरीले मंगलबार प्रसाईंलाई उनकै निवास भक्तपुरबाट पक्राउ गरेको थियो ।
प्रसाईंमाथि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भिडियो सन्देशमार्फत‘विवादास्पद अभिव्यक्ति दिएर साइबर अपराध गरेको आरोप लागेको छ ।
प्रसाईंले केही दिनअघि प्रधानमन्त्री ओलीले कम्बोडियामा २० करोड डलर लगानी गरेको दाबी गरेका थिए ।
आरोपसँगै उनले ओलीले कम्बोडियामा लगानी गरेको कागजात भन्दै केही कागजात पनि देखाएका थिए। फर्जी कागजात बनाएको कसुरमा पनि प्रहरीले उनीविरुद्ध अभियोग लगाउने तयारी गरेको छ ।