
काठमाडौं– जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
मंसिर ७ गते सम्पन्न संस्था सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको १४.७३६८ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
घोषित लाभांशमा १४ प्रतिशत बोनस शेयर र ०.७३६८ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश हुने बताइएको छ ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि उक्त लाभांश सेयर सेयरधनीले पाउनेछन् ।