काठमाडौं– आइतबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले र चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढाएर तोकेको छ ।
महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार २०० रुपैयाँ तोकिएको छ । अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ६५ हजार ५०० रुपैयाँ थियो । ६ दिनदेखि सुनको मूल्य निरन्तर बढिरहेको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको छ । यस दिनका लागि महासंघले चाँदीको भाउ १ हजार ९६० रुपैयाँ तोकेको छ । शुक्रबार चाँदी प्रतीतोला १ हजार ९४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।