काठमाडौं– सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको हिरासत अवधि थप गर्न प्रहरीले उनलाई आइतबार कास्की जिल्ला अदालत पुर्याएको छ ।
गत कात्तिक २५ गते थपिएको १३ दिनको म्याद सकिएपछि आइतबार प्रहरीले उनलाई फेरि अदालत लगेको हो । यो सहित प्रहरीले उनलाई पाँचपटक जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ ।
प्रहरीले उनलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको थियो। लामिछानेमाथि पोखराको सूर्यदर्शन सहकारीको रकम काठमाडौंस्थित गोर्खा मिडिया प्रालिमा लगेर अपचलन गरेको आरोप छ ।