काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर ९, सिनामंगलस्थित एक होटलमा एक जोडी युवायुवती मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

परिसरका एसपी नवराज अधिकारीका अनुसार सुनसरीका ३४ वर्षीय रमेश माझी र मोरङका २९ वर्षीया सर्मिलाकुमारी माझीको शव होटलमा फेला परेको हो ।

दुई जना चौथो तलाको बरण्डामा मृत फेला परेका हुन् । उनीहरूको पासपोर्ट पनि प्रहरीले फेला पारेको छ।

उनीहरु शनिबार साँझ पौने ७ बजे कोठा नम्बर १२० मा बसेका थिए। दुवैजना बरण्डाको रेलिङमा सेतो सलमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।

आइतबार बिहान साढे ७ बजे प्रहरीलाई खबर भएपछि परिसर, प्रहरी वृत्त गौशाला र काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोली पुगेर अनुसन्धान अघि बढाएको छ।

प्रहरीको फरेन्सिक टोलीसहित घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय