काठमाडौं– सानिमा बैंक लिमिटेडले मंसिर ९ गते, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५, स्थित थलीमा शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ ।
उक्त शाखा कार्यालयको उद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की, बैंकका ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा बैंकका सञ्चालक लक्ष्मीप्रपन्न निरौला र प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रुपमा गरेको बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
उद्घाटन समारोहमा, नगरप्रमुख कार्कीले सानिमा बैंकले नगरपालिकाको भवनमा शाखा विस्तार गरेकोमा कृतज्ञता व्यक्त गर्दै यस बैंकमार्फत स्थानीय सहज बैंकिङ सेवाको पहुँचबाट लाभान्वित हुने बताए । यसैगरी मह जोडीले थलीमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाइ ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।
बैंकका सञ्चालक निरौला तथा प्रमुख कार्यकारी अधिकृत पाण्डेले बंैकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । सानिमा बंैकको देशका सातै प्रदेशमा १३४ वटा कार्यालय र १२४ वटा एटीएममार्फत सेवा दिइरहेको छ ।