काठमाडौं– सोमबार इतिहास मै सबैभन्दा धेरै मूल्य घटेको सुनचाँदी मंगलबार पनि सस्तिएको छ ।

मंगलबार सुन प्रतितोला २ हजार ६०० रुपैयाँ र चाँदी तोलामा २५ रुपैयाँ सस्तिएको हो । सोमबार एकै दिन सुनको मूल्य झन्डै १६ हजार रुपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँ तोकेको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख ५१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको मूल्य २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८२० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको प्रतितोला मूल्य १ हजार ८४५ रुपैयाँ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय