काठमाडौं– आइसिटी अवार्ड २०२४ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक गरिएको छ । स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड र सोसल इन्नोभेसन आइसिटी अवार्डका उत्कृष्ट ५ घोषणा गरिएको छ ।

उत्कृष्ट ५ छनेटका लागि मंसिर १ गते बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म ग्रान्ड जुरी सेसन सञ्चालन भएको आयोजकले बताएको छ । अवार्डका सेमिफाइनलिस्टहरू १४ जना विज्ञ जुरी समक्ष प्रिजेन्टेसन तथा स्पिड डेटिङमा सहभागी भएर प्रस्तुति दिएका थिए ।

उनीहरुको प्रस्तुति, इन्नोभेसन, आइडिया र स्टार्टअपको बारेमा कान्तिपुर टेलिभिजनमा विशेष टेलिभिजन सो समेत प्रसारण भइरहेको छ ।

उत्कृष्ट ५ मा पर्ने स्टार्टअपहरुमा बसियो सर्भिसेस प्रालि, क्रिमसन टेक प्रालि, फ्यान्टासी गेम्स प्रालि, जियोभेसन नेपाल प्रालि र हेल्थ याद आयो प्रालि रहेका छन् ।

यसैगरी प्रडक्ट आइसिटी अवार्ड अन्तर्गत उत्कृष्ट ५ प्रडक्टहरुमा एपीआईएमएस म्यानेजमेन्ट सिस्टम, ईनिर्माण, जिकवच, खातापाना वेब र कोइली रहेका छन् ।

त्यस्तै राइजिङ स्टार इन्नोभेसन विधामा बालि विज्ञान, डा। फिस, हाइपर्स, स्पिकअप नेपाल र राइट अन एआई परेका छन् ।

साथै यसै वर्षदेखि थप भएको सोसल इन्नोभेसन विधामा कताहो, ईकागजपत्र, जियोकृषि, एलएमसी अलर्ट र सफा नेपाल पर्न सफल भएका छन् ।

आइसिटी अवार्ड २०२४ का यी ४ विधाहरुमा ३०० बढीको नोमिनेसन प्राप्त भएको बताइएको छ। यसअघि स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसल इन्नोभेसन विधामा सेमिफाइनलिस्टहरु छनोट गरिएको थियो ।

सेमिफाइनलिस्टहरूले मेन्टरिङ, बुटक्याम्प, इन्डस्ट्री भिजिट र गत कात्तिक २९ र ३० गते भएको टेकस्पायर स्टार्टअप आयडिया फेस्ट २०२४ मा सहभागी हुने अवसर समेत प्राप्त गरेका थिए ।

उत्कृष्ट ५ सार्वजनिक भएसँगै पब्लिक पनि भोटिङ सुरू भएको छ । पब्लिक भोटिङ हाम्रो पेमार्फत गर्न सकिने बताइएको छ । स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसल इन्नोभेसन विधामा जुरीको मूल्यांकन र पब्लिक भोटका आधारमा सर्वोत्कृष्ट छनोट गरिने छ ।

साथै अवार्डका सेमिफाइनलिस्टहरु पब्लिक च्वाइस आइसिटी अवार्ड २०२४ मा सहभागी हुन पाउनेछन् । हाम्रो पेबाटै आफूलाई मन पर्ने सेमिफाइनलिस्टलाई भोट गर्न सकिने छ । सबैभन्दा बढी भोट ल्याउने प्रतिस्पर्धीलाई पब्लिक च्वाइस आइसिटी अवार्ड प्रदान गरिने आयोजकको भनाइ छ ।

सर्वोत्कृस्टलाई आउँदो पुस ५ गते हायात रिजेन्सी बौद्धमा हुने आइसिटी अवार्डको ग्रान्ड फिनालेमा सम्मान गरिने छ ।

यसैगरी आइसिटी अवार्ड २०२४ अन्तर्गत अन्य व्यक्तिगत र संस्था तर्फका विधाहरूमा पनि छनोट प्रक्रिया जारी छ । व्यक्तिगततर्फ प्रोफेसनल एक्सिलेन्स, पायोनियर, आन्टरप्रेनर, वुमन आइकन र नेपाली डायस्पोरा आइसिटी अवार्ड तथा संस्थागततर्फ डिजिटल एजुकेसन, डिजिटल गभर्नेन्स र डिजिटल सर्भिसेस विधामा छनोट प्रक्रिया सञ्चालन भइरहेको छ ।

साथै साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड विधामा पनि छनोट प्रक्रिया चलिरहेको छ । यस विधामा सार्क राष्ट्रबाट १०० भन्दा बढीको आवेदन प्राप्त भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय