काठमाडौं– पछिल्ला दुई दिन भारी मात्रामा घटेको सुनको मूल्य बुधबार भने वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ६०० तोकेको छ । यो अघिल्लो दिनको तुलनामा ९०० रुपैयाँले बढी हो ।

महासंघले बुधबारका लागि चाँदीको मूल्य १ हजार ८३० रुपैयाँ तोकेको छ ।

चाँदीको मूल्य मंगलबारको तुलनामा प्रतितोला १० रुपैयाँ बढी हो । महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा स्वानीय बजारका लागि दैनिक रुपमा सुनचाँदीको मूल्य तोक्ने गरेको छ ।

सोमबार र मंगलबार गरी सुनको मूल्य प्रतितोला १८ हजार रुपैयाँभन्दा धेरैले घटेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय