काठमाडौं– अब सुनचाँदी व्यवसायीका संगठनमा सदस्य नरहेका व्यवसायीले पनि वाणिज्य बैंकहरुबाट सुन किन्न पाउने भएका छन् । हालसम्म वाणिज्य बैंकले बेच्ने सुन किन्न सुनचाँदी व्यवसायीका छाता संगठनमा आबद्ध भएको हुनुपर्ने व्यवस्था थियो ।

रिद्धिसिद्धि ज्वेलर्सका सञ्चालक नरेन्द्र गुप्ताले दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश जारी गर्दै सर्वोच्च अदालतले सुनचाँदी व्यवसायीका संगठनमा सदस्य नरहेका व्यवसायीलाई सुन खरिदमा रोक नलगाउन आदेश दिएको हो ।

राष्ट्र बैंकको सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधिमा वाणिज्य बैंकबाट सुन किन्दा सुनचाँदी सम्बद्ध व्यावसायिक संघसंस्थाको सिफारिश चाहिने प्रावधान छ । उक्त प्रावधानविरुद्ध राष्ट्र बैंकलाई विपक्षी बनाई रिद्धिसिद्धि ज्वेलर्सका तर्फबाट सागर ढुंगानाले सर्वोच्चमा रिट दायर गरेका थिए ।

राष्ट्र बैंकद्वारा जारी सुन आयात तथा विक्री वितरणसम्बन्धी कार्यविधिले तोकेका अन्य मापदण्ड पूरा गरेको स्थितिमा व्यवसायीका संघसंगठनमा आबद्ध नभएकै कारण सुन खरीद गर्न नरोक्न सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

राष्ट्र बैंकको सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधिका कारण संघ–संगठनमा आवद्ध नभएका व्यवसायी सिधै सुन किन्नबाट वञ्चित थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय