काठमाडौं– दुई दिन गिरावट आएर तेस्रो दिन केही बढेको सुनचाँदीको मूल्य बिहीबार फेरि घटेको छ । बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ र चाँदी ३० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ३०० रुपैयाँ तोकेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार चाँदीको मूल्य ३० रुपैयाँ घटेको छ । महासंघले बिहीबारका लागि चाँदीको भाउ प्रतितोला १ हजार ८०० रुपैयाँ तोकेको छ । बुधबार चाँदी प्रतितोला प्रतितोला १ हजार ८३० रुपैयाँमा किनबेच भएको थियो ।

सोमबार र मंगलबार दुई दिनमा छापावाल सुनको मूल्य १८ हजार रुपैयाँभन्दा धेरैले घटेको थियो । बुधबार भने ९०० रुपैयाँले मूल्य बढेकोमा बिहीबार पुनः घटेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय