काठमाडौं– नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । केन्दीय बैंकले मौद्रिक नीतिले गरेका सबै व्यवस्थालाई यथावत् राख्दै मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको हो ।
अहिले राष्ट्र बैंकले मौद्रिक नीतिको नीतिगत दरलाई ५ प्रतिशतलाई यथावत् राखेको छ । ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशत र माथिल्लो सीमाको रूपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत् राखिएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई यथावत् राखिएको छ ।
निर्माण व्यवसायीले काटेको चेक अनादर भए मंसिर मसान्तसम्म कालोसूचीमा नराख्ने व्यवस्थाको म्याद थप नभएपछि अब निर्माण व्यवसायीले काटेको चेक अनादर भएको खण्डमा कालोसूचीमा पर्ने सम्भावना बढेको छ ।