काठमाडौं– बिहीबारको तुलनामा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारको तुलनामा प्रतितोला १ हजार ६०० रुपैयाँ बढाएर छापावाल सुनको मूल्य तोकेको छ । चाँदीको मूल्य तोलामा ४५ रुपैयाँ बढेको छ ।
महासंघका अनुसार शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ९०० रुपैयाँ तोकिएको छ । बिहीबारको बजारमा छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबारका लागि चाँदीको मूल्य १ हजार ८४५ रुपैयाँ तोकिएको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । अन्तराष्ट्रिय बजारमा मूल्यमा वृद्धि भएसँगै नेपाली बजारमा सुनको मूल्य बढेको हो