काठमाडौं– सडक दुर्घटनामा रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष रामचन्द्र बस्नेतको निधन भएको छ । उनी स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्ष निर्वाचित भएका थिए ।
शुक्रबार दिउँसो गोकुलगंगा–६, सिमलडाँडा भिरमा भएको सवारी दुर्घटनामा बस्नेतसहित ४ जनाको निधन भएको हो ।
दुर्घटनामा परेको गाडीमा ८ जना सवार रहेको रामेछाप प्रहरीले बताएको छ ।
रामेछापका डीएसपी प्रदीप सिंहका अनुसार ५ जनाको घटनास्थलमै निधन भएको जानकारी दिए । तीन जना घाइते भएका छन् ।
काठमाडौंबाट बेताली जाँदै गरेको उक्त गाडी सडकबाट करिब ३०० मिटर तल खसेको बताइएको छ ।