काठमाडौं– लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनी लाई बोनस सेयर वितरण गर्ने भएको छ।

मंसिर १४ गते सम्पन्न बैंक सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो।

यसका साथै बैंकले बोनस सेयरमा लाग्ने करको लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

बैंक, वित्तीय संस्थाको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरे घोषित बोनस सेयर लगानीकर्ताको डिम्याट खातामा आउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय