काठमाडौं– सूर्योदय लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

संस्थाको चुक्ता पुँजीको १५.३४ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.८० प्रतिशत नगद लाभांश गरी कुल १६.१५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

आइतबार सम्पन्न संस्थाको सञ्चालक समिति बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

संस्थाद्वारा प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लागनीकर्तालाई वितरण हुनेछ ।

संस्थाको हाल चुक्ता पुँजी २१ करोड ५० लाख ४२ हजार ९२५ रहेको छ भने बोनस सेयर वितरण पश्चात २४ करोड ८० लाख ४२ हजार ९२५ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय