काठमाडौं– काठमाडौं महानगरपालिका वडा नं. १६ को वडाअध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी भएकी छिन् । उनी १ हजार ५८४ मतसहित निर्वाचित भएकी हुन् ।
उनका निकटतम प्रधिस्पर्धी नेपाली कांग्रेसका देवेन्द्र पाठकले १ हजार ३०४ मत प्राप्त गरेका छन् । पाठकको तुलनामा श्रेष्ठको मत २८० ले बढी हो ।
अर्का उम्मेदवार नेकपा (एमाले)का उम्मेदवार लक्ष्मीरत्न तुलाधरले १ हजार २१८ मत प्राप्त गरेका छन् भने एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले ६५१ र राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामकृष्ण श्रेष्ठले ६२२ मत पाए ।
काठमाडौं महानगरपालिका वडा नम्बर १६ का तत्कालीन अध्यक्ष मुकुन्द रिजालको निधन भएपछि उक्त रिक्त हुन आएको थियो ।