काठमाडौं– विपन्न नागरिकले जलविद्युत् आयोजनाको सेयर किन्न विनाधितो सहुलियत कर्जा पाउने भएका छन् । सरकारले सबै नागरिकमा प्राकृतिक स्रोतमाथिको अधिकार समान बनाउने र जीवनस्तर उकास्ने उद्देश्यले यस्तो व्यवस्था गरेको हो ।

जनताको जलविद्युत् कार्यक्रमसम्बन्धी कार्यविधिको दोस्रो संशोधन गरी विपन्नलाई विनाधितो सहुलियत कर्जा दिने व्यवस्था मिलाइएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी गरीब तथा विपन्न घरधुरीले आयोजनाको क्षमताका आधारमा २ लाखदेखि ५ लाख रुपैयाँसम्म विनाधितो सहुलियत कर्जा लिएर लगानी गर्न पाउने व्यवस्था मिलाएको जानकारी दिएको हो ।

ऊर्जामन्त्री दिपक खड्काले नेपाल सरकारले परिभाषित गरेका विपन्न नागरिक र स्थानीय तहले सिफारिश गरेका विपन्न नागरिकलाई प्राथमिकता दिएर कर्जाको सुविधा दिइने बताए । घरधुरीको आधारमा सेयरको व्यवस्था गरिने उनले बताए ।

सरकारले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत माथिल्लो त्रिशूली, माथिल्लो अरुण, अरुण किमाथांका, घुन्साखोला, सिम्बुवाखोला, रसुवागढी, सान्जेन, अपर सेती, बूढीगण्डकी, भेरी बबई डाइभर्सन, चैनपुर सेतीलगायत २२ जलविद्युत् आयोजना अगाडि सारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय