काठमाडौं– मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ ।
सोमबार प्रतितोला १ लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार १ लाख ५० हजार ३०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला १ हजार ८१५ मा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ८४५ कायम भएको छ ।