
काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य सुरकृष्ण वैद्यको सभापतित्वमा गठित स्थानीय आर्थिक विकास समिति हालै विस्तार भएको छ । समितिको सह–सभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू उमेश डालमिया र महेन्द्रकुमार श्रेष्ठ छन् ।
समितिका सदस्यहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू चक्रबहादुर अधिकारी, कुबिरकुमार श्रेष्ठ, अमृत भट्टचन, गजेन्द्रकुमार भगत, गोपाल केडिया र आर एन्ड डी इनोभेसन सोलुसन प्रालिका अध्यक्ष सुनिता नेमाफुकी छन् ।
टिकापुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष परशुराम चपाई, बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेली, दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष कुलबहादुर बिक, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर राउत, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पवन प्रजापति, दोलखा उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष दिनेश बस्नेत, रामेछाप उद्योग वाणिज्य संघका सल्लाहकार जेएन दाहाल, ललितपुर उद्योग वाणिज्य संघका सदस्य मिलन शाक्य, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप श्रेष्ठ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष वेदबहादुर श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजू, धादिङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजकुमार श्रेष्ठ, गौशाला उद्योग वाणिज्य सघका अध्यक्ष रामराजा प्रसाद साह, उद्योग वाणिज्य संघ इटहरीका सचिव विष्णुनारायण डाँगी, सुनसरी उद्योग वाणिज्य संघका उपाध्यक्ष शिवराज श्रेष्ठ, झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरु (राजु), ओेखलढुंगा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र मास्के, नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कुन), नयाँ बानेश्वरका कोषाध्यक्ष दिपक पनेरु, देवचुली उद्योग वाणिज्य संघ, नवलपरासीका अध्यक्ष रेशमलाल सापकोटा, उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजु श्रेष्ठ, थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्री, गुर्खा इनकाउन्टर प्रालिका प्रतिमा भट्ट समितिमा विशेष आमन्त्रित रहेको महासंघले जनाएको छ । त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वसचिव हरिहर सुवेदी समितिको सल्लाहकार छन् ।
समिति विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले स्थानीय तहमा आर्थिक विकासका सम्भाव्यताको पहिचान गरी सोही अनुसार कार्यक्रम तय गर्न र महासंघका तर्फबाट नेपाल सरकारमा के कस्तो सल्लाह सुझाव दिँदा स्थानीय आर्थिक विकासका माध्यमबाट स्थानीय जनताको जीवनस्तर सुधार, उद्यमशीलता विकास र रोजगारी सिर्जनामा सहयोग गर्न सकिन्छ सोही अनुसार समितिलाई क्रियाशिल राख्न सुझाव दिए ।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठले समितिलाई बधाई दिँदै स्थानीय सीप, स्रोत साधन र कच्चा पदार्थमा आधारित उद्योग व्यवसाय विस्तारका लागि महासंघका तर्फबाट के कसरी सहयोग गर्न सकिन्छ सोको पहिचान सहित अघि बढ्न समितिलाई शुभ–कामना दिए ।
समितिका सभापति वैद्यको सभापतित्वमा बसेको बैठकले स्थानीय आर्थिक विकासको लागि के कस्ता कार्य गरी अघि बढन सकिन्छ सो विषयको पहिचानका लागि छिट्टै एक कार्यशाला गोष्ठी गरी आगामी कार्ययोजना तयार गर्ने गरी निर्णय गरेको छ ।