काठमाडौं– सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ सम्मको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकले हाल कायम चुक्तापुँजीको ४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यसमा लाभांशमा लाग्ने कर पनि समावेश छ ।
मंसिर २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण हुनेछ ।
अघिल्लो आव २०७९–८० को मुनाफाबाट बैंकले ४ दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।